अर्जुन शाह/ वीरगन्ज /जेष्ठ १६ गते
पर्सा जिल्लाको बीरगञ्ज स्थित घण्टाघरमा जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
गणतन्त्र दिवसको अवसरमा बजेट प्रस्तुत कार्यक्रम मन सरकारले गरेको राम्रो कार्य विशेष गरी स्यानेटरी प्याडमा ९० प्रतिशतसम्म भन्सार महशुल छुट गर्ने र एक स्थानीय तह एक खेलमैदान कार्यलाई निरन्तरता दिइने एवम् विश्व महिला स्वास्थ्य दिवसको उपलक्ष्यमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको सञ्जालका अध्यक्ष अर्जुन शाहले जानकारी दिए।

जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साकाे सह सचिव कमल साहकाे अध्यकक्षतमा भएकोमा कार्यक्रम प्रमुख डा शुष्मा तिवारीले मन्तब्य ब्यक्त गर्दै भने नेपाल सरकारले गरेको स्यानिटरी प्याडमा ९० प्रतिशतसम्म भन्सार महशुल छुट एकदम सराहनिय रहेको छ । बालिकाहरूलाई राहत हुनेछ , विशेष अतिथिमा सपना शाह र अतिथिमा हुन्द्रेस ग्रुप पर्साका संयोजक विशेष साह लगाएका मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा सचिव नितु यादव, कोष्ध्याकक्ष सन्दिप साह , सदस्य सन्दिप गुप्ता ,विशाल पटेल,हरियौम यादव,कोमल गुप्ता लगायतका उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

