उत्तमकुमार थापा बझाङ
छविस पाथिभरा गाउँपालीकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले कार्यपालिकाकाे पहिलो बैठक बाट भाडेबजार देखि गाउँपालीका सम्मकाे सडकलाई कालाेपत्रे बनाउन पहल गर्ने निर्णय गरेको छ ।
स्थानीयतहकाे निर्वाचन २०७९ बैशा ३० गतेकाे निर्वाचन बाट निर्वाचित गाउँपालीका अध्यक्ष बसन्त बहादुर चलाउनेकाे नेतृत्वमा बसेकाे कार्यपालिकाकाे पहिलाे बैठकले कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु बजार सम्म पुगाउन सहयोग गर्ने लगाएत विभिन्न निर्णय गरेकाे हाे ।

सबै जनप्रतिनिधिहरुलाई जनताको जनभावना अनुरुप काम गर्न र कर्मचारीले निरन्तर जनताको काममा ध्यानाकर्षण हुन गाउँपालीका अध्यक्ष बसन्त चलाउनेले निर्देशन दिनुभएको थियाे भने । छविसकाे बिकास गर्न सबै नयाँ जनप्रतिनिधि आएकाे र बिकास लाई तिव्रता दिने बताए । पछिल्लो समय जनताले मतदान गरेपछि याेग्य जनप्रतिनिधिहरु छविसले पाएकाे भन्दै गाउँपालीकामा निर्वाचित जनप्रतिनिधिहरुले केही नयाँ काम र विकास गर्नेमा जनता खुसिरहेकाे पाईन्छ । अध्यक्ष चलाउनेले गाउँपालीका विकासकाे लागि सबै विज्ञ्यहरु सँग छलफल गर्दै याहाँकाे पर्यटन शिक्षा स्वास्थ्य लाई अगाडि बढाउने भएको छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

