राष्ट्रिय दैनिक / नवलपरासी , १६ जेठ
नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीमा ब्यापक असन्तुष्टी देखिएको छ ।
पार्टीभित्रको आन्तरिक बिवाद र असन्तुष्टीका कारण पार्टीका विभिन्न नेताले एकपछि अर्को गर्दै पार्टी परित्याग गर्न थालेका छन् ।
नेपाली काँग्रेस नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर २ मगरमुडहाका पुर्व जिल्ला सदस्य एव क्षेत्रीय प्रतिनिधिको रुपमा रहेका प्रबल रेग्मीले पार्टी परित्याग गरेका छन् ।
२०४६ सालदेखि नेपाली काङ्ग्रेसमा क्रियाशील रहि विभिन्न पदिय भुमिका निवाह गरेका रेग्मी कार्यकर्तालाई नेपाली काङ्ग्रेसमा कुनै महत्त्व नरहेको र चरम गुटबन्दी भएको कारण साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेको बताउनु भएको हाे ।

त्यस्तै केही दिन पहिला नेपाली काङ्ग्रेसमा असन्तुष्टि जनाउँदै दर्जनौं नेता कार्यकर्ता पार्टी परित्याग गरेको छन । 
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

