Rashtriya Dainik

यातायात कार्यालय शाखा प्रमुखकोले गरे कार्यालय भित्र बिचौलिया परिचालन, सेवाग्राही धाई रहदा नहुने काम बिचौलिया मार्फत धमाधम

वीरगंज १६ गते

नारायणी यातयात व्यवस्था कार्यालय वीरगंज बिचौलियाको अखडा बनेको पाइएको छ । प्रत्यक्ष सेवाग्राही धाई रहदा काम नगरेका त्यहि कर्मचारीले बिचौलियाको माध्यमबाट सरल तरिकाले गरेको पाईएको छ ।

यातायात सवारी शाखाका प्रमुख कुशेशवर साह र बिनित झा सवारी शाखाका अधिकृत र बिजय गुप्तालगाएतका हाकिमहरुले बिचौलिया प्रयोग गरि मान्छे नभएपनि पैसाको भरमा नमसारी हुनेगरेको एक कर्मचारीले बताएका छन्।

यातायात कार्यालय व्यवस्था कर शाखा प्रमुख कुशेशवर साहले बिचौलियाहरु परिचालन गरि दिन्हु लाखौं रुपैया सेवाग्राहीहरुलाई विभिन्न बहाना बनाई असुल्ने गरेको नाम नछाप्रने सर्तमा एक कर्मचारीले बताएका छन्।

यातायात कार्यालयमा रहेका बिचौलिया सोमराज मार्फत विभिन्न किसिमका गाडीको शोहरुमहरु शीत सवारी गाडीहरुको सहमति र नमसारी गराउनको लागि गाडी नभएको १हजार रुपैया र नमसारी गराउन मान्छे नअाएको खण्डमा १५०० रुपैया लिने गरेको स्रोतले जनाएको छ।त्यसैगरि सोमराजले गाडिहरुको ढाटा सेवाग्राहीहरुले खोज्दा नदिने र सो फाईल घरमा लगि १ हजारको दरले रकम लिएर दिने गरेको स्रोतले जनाएको छ।

यातायात कार्यालयमा रहेको फाईलहरु सोभराजले
एकजना बाहिरी बस्ने सेवाग्राहीले पटक पटक आफ्नो कारको लाईसेन्सको रिनिवल गराउन आउदा पनि यातायात कार्यालय वीरगंजका कर्मचारीले सर्भर बिग्रेको बहानाबाजी गर्दै टार्ने गर्दथे तर विचौलियालाई पैसा दिएर पठाउदा उनै कर्मचारीले रिनवल गरी दिएको ति सेवाग्राहीले नाम नबताउने सर्तमा बताएका छन ।

प्रत्यक्षदर्शि अनुसार बिचौलियाहरुले आफनै हातले ढाटामा गाडिहरुको नामसारी, गाडिहरु को रिनवल जस्ता कार्यहरू गरी फाट का कर्मचारीसँग सहि गराउछन ।

नारायणी यातायात ब्यबस्था कार्यालय वीरगंजका कर्मचारीहरु ले सेवा ग्राहीलाई बहाना बनाई दुख दिने गरेका छन तर बिचौलियाका माध्यमले पैसा लिएर त्यही काम गर्ने गरेका छन ।

सेवाग्राहीलाई सेवा प्रवाह गर्न कार्यालयको समयमा बस्ने कर्मचारीहरु बिचौलियामार्फत हुने कार्यलाई राति अबेर सम्म कार्यालयमा नै बसेर गर्ने हामीलाइ प्रमाण तथ्य फेला परेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित