Rashtriya Dainik

महाराजगंज वडा नं ७ वडाध्यक्ष रामरूप बढईद्वारा पदभार ग्रहण

कृष्णनगर, जेष्ठ १६

कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका नव निर्वाचित वडा नं ७ वडाध्यक्ष रामरूप बढई सोमवार वडा कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् l उहाँ लाई वडाका कर्मचारीले स्वागत गरेका थिएl

नगर उप प्रमुख लगायत वडाध्यक्ष तथा सदस्य लाई एक कार्यक्रमका बिच सपथ ग्रहण गरे पछि वडाध्यक्ष रामरूप बढईले पदभार ग्रहण गरेका छन् l रामरूप बढई जनता प्रगतिशील पार्टी नेपाल बाट वडाध्यक्ष पदमा उमेदवारी दिई स्थानीय तह महाराजगंजको वडा नं ७ वडाध्यक्षमा विजयी भएका हुन् l
वडा कार्यालयको प्रांगणमा भव्य कार्यक्रमको प्रमुख अतिथि अतिथि परमेश्वरी दयाल मिश्रले वडाध्यक्ष रामरूप बढई लाई खादा माला लगाई स्वागर गरेका थिए l कार्यक्रममा वडावासि को बाक्लो उपस्थित रहेको थियो l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित