Rashtriya Dainik

ट्राफिक प्रहरीले ड्राईपोर्टमा चेकजाँचको बहानामा सवारीसाधनहरु सित अवैध रकम असुल्दै

कृष्ण यादव / वीरगंज १६ गते
ट्राफिक प्रहरी अस्थाई कार्यालय ड्राईपोर्टले विभिन्न चेकजाँचको बहानामा सवारीसाधनहरु सित रकम असुली गरेको पाएको छ।

वीरगञ्ज भन्सार कार्यालय, आईसिपी र सुख्खा बन्दरगाहबाट बिभिन्न उद्योगका लागि जाने कच्चा पदार्थ ढुवानी गर्ने सवारीसाधनहरुबाट ट्राफिक प्रहरीहरुले विभिन्न चेकजाचको बहानामा अवैध रुपले रकम असुली गरिरहेको एक चालकले बताएका छन्।

सवारी व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीले नै वीरगंजको ड्राईपोर्टमा अवैध रुपले मालबाहक सवारीसाधनहरुवाट रकम असुली गर्दे अाएको खुलेको छ ।

मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् ।

ती सवारीसाधनका चालकहरु तथा एजेन्टमार्फत बहुअरी चोकमा रहेका ट्राफिक प्रहरीले अवैध असुली गरिरहेको स्रोतको दावी छ । प्रत्येक २ महिनामा ट्राफिक प्रहरी परिवर्तन हुने उक्त चोकमा अहिले ट्राफिकका इन्चार्ज प्रहरी निरीक्षक दिपक सुवेदी हुन्। सुबेदीको संरक्षणमा नै अवैध रुपमा रकम असुली गर्न कार्य भईरहेको स्थानियले बताएका छन्।

भारतिय सवारीचालक रमेश साहले ट्राफिक प्रहरीले हामिलाई अनावशयक रुपले रुकेर विभिन्न किसिमको कागज पत्र दिनु भन्छन हामीले अाफ्नो सबै कागज पत्र दिएपनि नेपालमा यो हुदैन त्यो हुदैन भनेर प्रहरीले विभिन्न किसिमको दर धाक देखाई १हजार देखि २५ सय रुपैया सम्म लिएर छोडने गरेको छ।

प्रत्येक दिन हजारौं हजार सवारी साधन ओहोर दोहोर गर्ने उक्त चोकमा सवारीचालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नुपरिरहेको ड्राईपोर्ट निवासी उमेश साहले बताएका छन्।

ड्राइपोर्ट बहुअरी चोक सडक भएर अावत जावत गर्ने सवारी साधनका चालकसँग ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीहरुले अनेकन बहानामा रकम असुल्ने र रकम नदिए दुःख दिने गर्दै आएको उनीहरुले गुनासो गरेका छन् ।

त्यसैले पनि अहिले मालवाहक ट्रक, ट्यांकर तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभर लोड नै आउने गर्छ र ट्राफिकसँग समन्वय गरि एजेंटहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन् ।

क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरीवाना तिराउन सक्छ । जरीवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ ।

बीरगञ्ज भन्सार कार्यालय आईसिपी तथा सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट सामान लिएर छुटेका बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर १ हजार देखि २५०० सय रुपैयाँसम्म असुल्ने गरेको प्रमाण भेटिएको छ ।

त्यसैगरी ट्राफिक प्रहरीसँग समन्वय गरि सवारी छुटाउने दलालहरुले पनि प्रती गाडी १ हजार देखि १५ सयसम्म लिई ट्राफिक र दलालहरुले भागबण्डा मिलाउने गरेको पनि खुलेको छ । दलालहरुबाट समन्वय गरेका गाडीहरुलाई भने ट्राफिक प्रहरीले बिना चेक जाँच काउन्ट गरेर पठाउने गरेको चोकमा बस्ने जो कोहीले पनि देख्न सक्छ । तर, एजेन्ट दलालहरुको चपेटामा नपरेका र आफू खुसी आउने गाडीको चालकहरुलाई भने ट्राफिक प्रहरीले दुख दिने गरेका एक चालकले नाम नखोल्ने सर्तमा बताए ।अहिले ट्राफिक प्रहरीको चेकजाँचको नाममा पैसा असुल्ने रणनीतिका कारण ड्राइपोर्ट बहुअरी चोक सडकखण्डमा सवारी जाम समेत लाग्ने गरेको छ ।

यश बिषयमा बुझनको लागि २ नम्बर प्रदेशका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक गुरुङ संग फोन सम्पर्क गर्दे फोन उठाई प्रशन सोध्दा अावाज अाएन भनेर फोन काटनु भयो।
यस्ता भ्रष्ट ट्राफिक प्रहरीले गर्दा सिंगो संगठन नै बदनाम भएकोप्रति सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित