Rashtriya Dainik

प्रतापपुर आयुर्वेद शाखाद्वारा निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान

संजय कुशवाहा /नवलपरासी १५ जेठ

प्रतापपुर आयुर्वेद शाखाले निर्वाचित जनप्रतिनिधिलाई आइतबार स्वागत गर्दै सम्मान गरेको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधिहरूलाई सम्मान गरिएको हो । प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव , वडा न.६ का वडाध्यक्ष केशव प्रसाद अधिकारी लगायत वडा न.६ का वडा सदस्यहरूलाई स्वागत गर्दै सम्मान गरिएको छ ।

आयुर्वेद शाखाका वरिष्ट कबिराज निरीक्षक दिन बन्धु मिश्रले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले गाउँपालिकाको समग्र जिम्मेवारी काँधमा आएकोले कुनै किसिमको आँच नआउने गरी जनताको जनप्रतिनिधि बनेर काम गर्ने बताउदै गाउँपालिकामा स्वास्थ ,शिक्षा ,कृषि र भौतिक पुर्वधारको विकास गर्ने विशेष जोड दिनुभयो । साथै अगामी दिनमा आयुर्वेद शाखाको विकासका लागि विशेष कार्यक्रम बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा आयुर्वेद शाखाको निरीक्षक मिश्रले आयुर्वेदको हकहित र आयुर्वेद शाखाको कामलाई कहिले खबरदारी भने कहिले प्रसंशा गरि कलम चलाउने दुई जना पत्रकारलाई सम्मान गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित