उमेश बि.क / १४ जेठ
नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य एव सांसद देबेन्द्रराज कण्डेलले उमेर पुगेका युवाहरु नागरिक बिहिन भई बेरोजगार रहेको बताउदै याे समस्या समाधान लागि अपिल गर्नुभएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद देवेन्द्रराज कँडेलले अामा बुवाकाे जन्मसिद्धकाे नागरिकता रहेको र उनका सन्तानहरुकाे उमेर पुगे पनि नागरिकता बिहिन र बेरोजगार रहेको बताउदै राज्य ब्यवस्था तथा सुशासन समिति धेरै कुरा निर्धारण गरेकोले नागरिकताकाे समस्या समाधानका लागि सदनबाट पास गर्नुपर्ने अाग्रह गर्नुभएको छ।
नेपालको भुभागमा जन्मेर हजारौं युवा बिचल्लीमा परेका छन , उनिहरुकाे अवस्था दयनीय रहेको बताउदै नागरिकताकाे विषयलाई लिएर प्रतिपक्ष दलका नेताले १३२ नम्बरको बुदालाई अर्थहीन भन्नु दुर्भाग्य रहेको बताउदै याे सदनबाट याे बिधयकलाई पास गर्नुपर्ने अाग्रह गर्नुभएको हाे।
प्रतिनिधिसभाको बैठकमा बाेल्दै सांसद कण्डेलले २०७९ /०८० काे निति तथा कार्यक्रमले कृषि क्षेत्रलाई निकै महत्त्व दिइएकाे महसुस गरेको बताउदै अार्गेनिक खेती प्रणालीलाई प्राथमिकता राख्दै रासायनिक मल कम गर्दै प्रत्येक किसानकाे घरघरमा निशुल्क रुपमा प्रांगरिक मल वितरण गरि कृषकलाई प्राेत्साहन गर्न अाग्रह गर्नुभएको थियोे ।
सांसद कण्डेलले उखु कृषक पैसा पाउन नसकेको कुरा जिकिर गर्दै कृषकलाई विशेष सेवासुबिधा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
त्यस्तै स्वदेशी र बिदेशी पर्यटकलाई धार्मिक स्वतन्त्रता सहित सनातन हिन्दु राष्ट्रिय कायम हुनुपर्छ भन्ने कुरामा जाेड दिनुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

