मर्चवार / जेठ १३
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको एक बिद्यालयमा अज्ञात व्यक्तिद्वारा जडान भएको सिसिटिभी कैमराको तोडफोड गरि छती पुर्याइएको छ ।
सो घटना कोटहीमाई गाउपालिका वडा नं ६ को श्री बोगडी मा. बि हर्दीको बिद्यालयमा भएको हो । उक्त घटना जेठ ११ गते राती करिब ११-३० देखि १२ बजे बिचमा भएको तर घटना आज मात्रै थाहा पाइएको साथै यो भन्दा पहिला पनि २ वटा पानी मोटर तथा ह्यान्ड पाइपको पनि तोडफोड गरिएको भनी सो बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष साधु कृष्ण गुप्ताले बताए ।
उक्त घटना स्थलको निरीक्षण सिमा प्रहरी चौकी कदमहवाका प्रहरी सहायक निरीक्षक भविलाल डिसुवा गरे उक्त क्रममा अर्को जडान भएको सिसिटिभी कैमरामा रिकार्डिङ्ग भएको भिडियोमा एक युवक मुखमा कपडा छोपी कैमरा तोडफोड गरेको देखिएपनि क्लियर फोटो नभएपनि यो घटनावारे अनुसंधान हुने भनी जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

