Rashtriya Dainik

भैरहवाको पेट्रोलियम डिपोमा लागेको आगो नियन्त्रणमा

रुपन्देही / जेठ १३

नेपाल आयल निगमको भलबारी डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । डिपोको पेट्रोल भण्डारणको मुखैमा लागेको आगो भर्खरै नियन्त्रणमा आएको डिपो प्रमुख नवविनोद पोखरेलले बताए । ‘बिहान ११ बजेर ५५ मिनेटमा लागेको नियन्त्रणमा आएको छ । कुनै मानवीय क्षति भएको छैन’ पोखरेलले भने, ‘दुई वटा पेट्रोल ट्यांकरमा लागेको आगो निभेको छ । हाललाई डिपो बन्द गरेर थप सुरक्षा चेक जाँच भइरहेको छ ।’ बिहान डिपोमा पेट्रोल खन्याउन आएका ५ वटा मध्ये पहिलो लाइनमा रहेका २ वटा ट्यांकरमा आगो लागेको उनले बताए । ‘पेट्रोल खन्याउने क्रममा एक्कासी आगो लाग्न थाल्यो, पहिलो ट्यांकर जल्न पुग्यो ।

टायर पड्केका कारण दोस्रो ट्यांकरलाई हटाउन सकेनौं,’ पोखरेलले भने, ‘डिपो भित्रै लागेको आगोबाट ठूलो दुर्घटना ट¥यो । अहिले डिपो सुरक्षित छ ।’ अहिले डिपो पूर्ण रुपमा आगोबाट सुरक्षित पारिएको र थप अनुसन्धान भइरहेको उनले बताए । डिपोमा ३० लाख लिटर डिजेल र ५ लाख लिटर पेट्रोल भण्डारण हुन्छ । आगो थप फैलिएको भए अकल्पनीय दुर्घटना हुने भन्दै डिपोले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित