Rashtriya Dainik

काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन लगाउनेछु : मेयर बालेन

१३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो सम्पूर्ण समय महानगरपालिकाको व्यवस्थापनका लागि दिने प्रतिबद्धता गरेका छन् ।

मेयरमा निर्वाचित भएपछि प्रतिक्रपया दिंदै उनले अबको पाँच वर्ष आफ्नो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकासित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउने प्रतिबद्धतासमेत गरे ।

‘महानगरपालिकालाई मेरो सम्पूर्ण समय दिनेछु । महानगरपालिका बाहेक कुनै पनि काममा समय दिनेछैन’ उभने भने, ‘आफ्नो सम्पूर्ण क्षमता, लगनशीलता, क्षमता र ज्ञानलाई महानगरपालिका व्यवस्थित बनाउन, स्वच्छ, सफा र पूर्णविकसित विश्वकै उत्कृष्ट बनाउन लगाउनेछु ।’

नगरवासीले दिएको अत्यधिक मतले आफू एकदमै खुसी भएको प्रतिक्रिया दिंदै उनले नगरवासीको मतलाई ऊर्जाको रुपमा लिएको बताए । उनले भने, ‘नगरवासीले हामीलाई यहाँ पुर्‍याउनु भएको छ । यो जिम्मेवारी दिनुभएको छ । यो जिम्मेवारीलाई हन्ड्रेड प्रसेन्ट मेरो पूर्ण क्षमतालाई यसमा दिनेछु ।’

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित