राजन कुमार बानिया
पर्सा ११ जेठ
वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका पकहामैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले बुधबार पदभार ग्रहण गर्दै अाजै पकहामैनपुर गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको पद तथा गोपनियताको शपथग्रहण तथा स्वागत गराएका छन।
नव निर्वाचित जनप्रतिनिधिहरुलाई पकहामैनपुर गाउँपालिका निर्वाचित अध्यक्ष सुरेश मेहताले शपथ ग्रहण गराएका छन। बुधबार रामचरित्र भगत माबी पकहामैनपुरको प्रागँणमा अायोजित शपथ ग्रहण तथा स्वातग समारोह कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष ,वडा अध्यक्ष र सदस्यहरु लाई शपथ ग्रहण गराएका हुन ।
गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहण कार्यक्रममा उपाध्यक्ष सम्पुर्ण वडाध्यक्ष र सदस्यहरुलाई गाउँपालिका अध्यक्ष मेहता र उपाध्यक्ष गम्छा दोशला ,फुलमाला र अबीरको टिका लगाई बधाई दिदै शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुरेश मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेश मेहता ,उपाध्यक्ष सरफुनेशा, वडा अध्यक्ष बिनोद मेहता , संजय प्रसाद चौहान,मुकुट प्रसाद चौहान,ढेडी प्रसाद यादव,बलिराम प्रसाद बरै , स्थानिय समाजसेबी नसुरलाह मियाँ , बब्लु श्रीवास्तव,लक्षमण पटेल, अनिल साह,पकहामैनपुर गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत रमेश सुवेदी, स्वास्थ्य संयोजक संजय यादव लगायतले बधाई तथा कार्यकाल को शुभकामना मन्तव्य राखेका थिए।
सपथग्रहण कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण कर्मचारी , सञ्चारकर्मी ,सुरक्षाकर्मी , लगायत स्थानिय जनसमुदायहरुको सहभागिता रहेको थियो।
जनप्रतिनिधिहरु वफादार भएर काम गर्न कार्यक्रमका अतिथिहरुले सुझाव दिएका छन् । ‘म मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु । ईश्वर÷देश र जनताको नाममा शपथ लिन्छु कि नेपालको राजकीय र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमानदारिताका काम साथ गर्नेछु’ जनप्रतिनिधिहरुको सपथमा भनिएको छ । शपथ ग्रहण कार्यक्रममा शिक्षा, स्वास्थ्यकर्मी,संचारकर्मी ,सुरक्षाकर्मीहरुलाई समेत सम्मानित गरेका थिए।कार्यक्रम संचालन अनिल वर्माले गर्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

