राजन कुमार बानिया
पर्सा ११ जेठ
पर्साको धोबिनी गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष मदन प्रसाद चौहानले बुधबार पदभार ग्रहण गरेका छन् ।
सोमबार प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलबाट पद तथा गोपनीयताको शपथ खाएपछि पालिका उपाध्यक्ष सहितका अन्य नवनिर्वाचित जनप्रतिनिधीहरुलाइ शपथ खुवाएका नवनिर्वाचित अध्यक्ष चौहानले बुधबार गाँउपालिकाको कार्यालयमा पटक पुगेर पदभार ग्रहण गरेका हुन्
बुधबार गाँउपालिका कार्यालयमा पुगेका नवनिर्वाचित अध्यक्ष चौहानलाइ गाँउपालिकाका कर्मचारीहरुले स्वागत गरेका थिए । त्यसपछि आफनो कार्यकक्षमा पुगेका चौहानले आफु बस्ने कुर्सीलाइ ढोग्दै पदभार ग्रहण गरेका हुन् ।
चौहान , जनता समाजबादी पार्टी (जसपा) बाट उम्मेदवार बनेर ३ हजार ९१ मत प्राप्त गरि पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेस बशिठ नारायण कुर्मीले ३ हनार ७१ मत ल्याएका थिए ।
बुधबारको पदभार ग्रहण समारोहमा जसपाका जिल्ला सचिव तबरेज अहमदका साथै जसपाका नेता कार्यकर्ताहरुको पनि उपस्थिती रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

