अजय मिश्र, कृष्णनगर, जेष्ठ ११
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नव निर्वाचित वडा नं १ वडाध्यक्ष तुंगनाथ चौधरीले मंगलवार वडा कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् l उहाँ लाई वडाका कर्मचारीले स्वागत गरेका थिएl
नगर उप प्रमुख लगायत वडाध्यक्ष तथा सदस्य लाई मंगलवार एक कार्यक्रमका बिच नगर प्रमुख शाहले सपथ ग्रहण गराए पछि वडाध्यक्ष तुंगनाथ चौधरीले पदभार ग्रहण गरेका छन् l तुंगनाथ चौधरी राष्ट्रीय प्रजातंत्र पार्टी बाट वडाध्यक्ष पदमा उमेदवारी दिई स्थानीय तह कृष्णनगरको वडा नं १ वडाध्यक्षमा विजयी भएका हुन् l वडाध्यक्ष चौधरी दोस्रो पटक वडाध्यक्ष मा पैनल सहित विजयी भएका हुन l
पदभार ग्रहण गर्दा वडाध्यक्ष चौधरी लाई राष्ट्रीय प्रजातंत्र पार्टी की केन्द्रीय सदस्य पुष्पा रजौरीया, वडा सचिव किरन श्रीवास्तव लगायत अन्यले बधाई दिदै स्वागत गरेका थिए l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

