प्रकाश न्यौपाने /नवलपरासी ,जेठ ११
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट स्थित दाउन्ने एस माेड भन्दा १ सय मिटर उत्तरमा सवारी दुर्घटना हुदा ११ जना घाईते भएका छन् ।
काठमाडौ देखि बुटवल तर्फ आउँदै गरेकाे लु १ ख ८७७१ नम्बरकाे बस र एच ए ०४ ईएल ७८६० नम्बरको भारतीय क्लिङकर बाेकेकाे ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख कृष्ण प्रसाद घिमिरेले जानकारी दिनु भयो ।
दुर्घटनाबाट घाइते भएकाहरुलाई प्राथमिक उपचारका लागि अहिले चिसापानी अस्पतालमा लगिएको छ । घाईतेहरू मध्ये ९ जनाकाे अबस्था सामान्य रहेकाे र २ जनाको अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

