महेश सिंह सिरहा लहान १० जेष्ठ – सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा नेपाल कम्युनिस्ट पार्टी एमाले बाट जय प्रकाश शर्मा निर्वाचित भएका छन्। शर्मा लामो समय देखि कम्युनिस्ट राजनीतिमा सकृय हुँदै स्थानीय तहको निर्वाचनमा बिजय प्राप्त गरेका हुन्।
नेता शर्मा सोझो ईमानदार नेताको रूपमा निकै लोकप्रिय रहेका छन्। ऊनी लामो समय देखि समाजसंग जोडिएका थिए।जनताले उनलाई उमेदवार बन्न उत्साहित गर्दा ऊनी उमेदवार बन्न पुगेका थिए। जनतामा लोकप्रियता कमाएका युवा नेता शर्मालाई जनताले भारी मतले बिजय गराएका हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

