सुनवल नगर स्थानीय सरकारको सपथ ग्रहण समारोह लाखौ रुपैया खर्र्ची राजकिय शैलिमा हिजो सुनवलमा सम्पन्न भएको छ ।
नेकपा एमालेलेका निर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुको पदभार ग्रहण गरेकै दिन खोला नालाको व्यापक दोहन समेत सुरु भएको पाइएको छ ।
सुनवल नगरपालिकामा एमालको तर्फबाट नवनिर्वाचित मेयर विमला अर्यालको नगर प्रमुखको रुपमा तडकभडक एव राजकीय शैलीमा पदभार ग्रहण गरेकै दिन सुनवलको तुरिया खोलाबाट ठुला एक्साभेटर प्रयोग गरि अवैध दोहन सुरु भएको पाइएको छ ।
उता नगरपालीकाले मेयर तथा जनप्रतिधिहरुको राजकिय सम्मानमा कमी नहोस भन्दै सोमनाथ स्थित सोमनाथ रिसोर्टमा हजारौको उपस्थितीमा मासु सहितको खाजाका साथ सपथ ग्रहण कार्यक्रम आयोजना गरेको थियो ।
अर्को तर्फ सपथ ग्रहण भएको विहानै देखि ३ —४ वटा ठुला मेसिन र ठुलोभारवहन क्षमताका दर्जनौ टिप्परहरु अवैध दोहनको धन्दामा लामालस्कर लागेको दृष्य देख्दा सुनवल चारघरेका स्थानीय वासी अचम्मीत वनेका छन ।
स्थानीयवासीहरुले खोलामा नदिजन्य पदार्थको अवैध दोहन भैरहेको विषयमा हल्ला गरेपछी नगरका नगरप्रहरीहरु खोलामा पुगे पनि अवैध उत्खनन् र ढुवानी भैरहेको दृष्य टुलुटुलु हेरेर वसेको देखेको देख्दा स्थानीय वासी थप अचम्मीत वनेका छन् ।
उता नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत भने ठेक्का वन्दोवस्ती नै नभएको खोलामा उत्खनन् भएको वारे नगरपालीकालाई थाहै नभएको सुनवलवासीनै महाअचम्मीत हुने जवाफ दिएका छन ।
एमालेको नया वहुमतको स्थानीय सरकार वनेपछि नगरवासीको जनजिवीका र जिवनस्तरमा परिवर्तन हुने सपना देखेका सुनवल नगरवासीहरुको सपना रातिमा देखेको जस्तो अनुभुती भएको वताएका छन् ।
खोला दोहनका विषयमा जिज्ञासा राख्दा नवलपरासी प्रहरी प्रमुखले भने आदेशानुसार भएकोले केहि गर्न नमिल्ने जवाफ दिएका छन् ।
सुनवल तुरिया खोलामा अप्राकृतिक र अवैध दोहन कार्य भइरहेको भन्ने जनगुनासोमा प्रजिअ श्रवण कुमार पोखरेलले भने निर्माणधिन पुर्व पश्चिम राजमार्गमा आवस्यक पर्ने नदिजन्य पदार्थ लैजान दिइएको वताएका छन ।
स्थानीय भने यो प्रजिअ पोखरेल र ठेकेदार कम्पनी चाइना स्टेट कन्सट्रसन कम्पनीको मिलेमतोमा अवैध उत्खनन् गरिरहको आरोप लगाएको छन् ।
उता जनताले ठुलो आशा र भरोसा गरि जिताएका जन निर्वाचित जनप्रतिहरुले समेत सपथ र पदभार ग्रहण गर्दा जनताले तिरेको करबाट संकलित ढुकुटीको लाखौ रकम खर्च गरेर राजकीय शैलिमा सम्मानीत हुन खोज्ने शासक शैलि र प्रवृति देख्दा निमुखा जनता अत्यत दुखी र निराश देखिएका छन ।
सुनवल नगर सम्वृदीको विषयसंग प्रत्यक्षरुपमा जोडिएको नगरको मुख्य आयश्रोतको रुपमा रहेका नदिनालाको समयमै विधिवत ठेक्का वन्दोवस्त गरेर खोला नालाहरुको व्यवस्थापन चुुस्तदुस्त गर्ने अभिभारा वोकेको स्थानीय सरकार प्रशासन त्यसको विपरित विगतमा जस्तै अवैध र अप्राकृतिक दोहनलाई प्रशय दिई आर्थिक मिलेमतोमा खोला चल्न दिने कुकर्म भइरहेको देख्दा खोला तटीय क्षेत्रका स्थानीय आजीत वनेका छन ।
स्थानीय सरकार तथा नियमनकारी प्रशासन समेत आर्थीक प्रलोभनमा पर्दा सुनवल तुरिया नदिको वर्षेनी अवैध दोहन हुदा वर्षायाममा वाढीको त्रासतीपूर्ण अवस्था विच जिवन चलाईरहको स्थानीयहरु भने जुन सुकै सरकार आएपनि मिलोमतो मै दोहन गर्ने चरित्र रहेको ले नवनिर्वाचित मेयर अर्यालबाट धेरै आस गर्न नभएको दुखेसो गरेका छन ।
स्थानीय प्रहरी प्रशासन , वन कार्यालय र नगरवासीको पुर्णरुपमा अभिभावकको रुपमा रहेको स्थानीय स्थानीय सरकार सवै मिलीभगतको परम्परानै वने पछि शासकबाट जनता सधै सोशित नै भइरहन वाध्य भएको सुनवलका खोला पिडीत स्थानीइवासीले दुखेसो गरेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

