Rashtriya Dainik

दलित भएकै कारण न्याय पाइएन, छाेरिकाे अवस्था पता लगाउन अधिकारकर्मी गुहार्दै पिडित

कपिलवस्तु , जेठ १०। दलित परिवारकाे सुनवाई प्रहरीले गर्दै न्यायका लागि भाैतारिरहेका पिडित परिवारले आराेप लगाएका छन ।
जिल्लाकाे कृष्णनगर नगरपालिका वडा ९ बहादुरगंजकाे एउटा दलित परिवारकी युवती बिगत ढेड महिनादेखि बेपत्ता छिन प्रहरीले उजुरि लिन नमानेपछि हुलाकबाट उजुरि पठाइयाे तर पनि कुनै कार्यवाही नभएपछि ती युवतीका आमाबुवा अहिले महिला अधिकारकर्मीहरुलाई गुहार्न लागेका छन ।

घटना बैशाख १ गते राति लगभग १२ बजेतिरकाे हाे बहादुरगंजमा आफ्नै घरमा सुतिरहेको अवस्थामा दलित समुदायका संवारे हरिजनकी छाेरी २३ बर्षीय अकालमति हरिजन हराएकी छिन । आमाबुवाले घटना लगत्तै इलाका प्रहरी कार्यालय बहादुरगंज र गणेसपुरमा निवेदन दिएका थिए । बहादुरगंज प्रहरीले सामान्य छलफल गरि घटनालाई साम्य बनाउने काेसिस गर्याे त्यसपछि गणेसपुर प्रहरी कार्यालय मा निवेदन दिंदा लिन मानेन्न त्यसपछि बहादुरगंज हुलाक कार्यालयबाट राजिष्ट्री गरिएकाे युवतीका बुवाले बताए । आफू पहुँच नभएकाे र दलित समुदायकाे भएकाले नै कसैले वास्ता नगरेकाे गुनासाे युवतीकाे आमाकाे भनाइ छ ।

न्यायका लागि पटक पटक प्रहरी कार्यालय पुग्दा ध्यान नदिएपछि पिडित आमाबुवालाई छाेरीकाे अवस्थाबारे जानकारी पाउने अधिकार रहेकाे र प्रशासनले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने महिला अधिकारकर्मी मिना परियारले बताउनुभयाे । पिडितले न्याय पाउनुपर्छ र त्यसमा प्रहरी , जनप्रतिनिधिहरुले सक्रियताका साथ लाग्नुपर्ने अधिकारकर्मी परियारकाे भनाई छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित