बिनोद निगम / १० जेठ / नवलपरासी
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा प्रमुख वैजु प्रसाद गुप्ता ( दिपक) र उपाप्रमुखमा फतुमा खातुन अन्सारी ( सकिना ) पदभार ग्रहण गर्नु भएको छ।
पाल्हिनन्दन गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले विद्यालयहरुमा व्यवस्थापन समिति गठन गर्न निर्देशन गर्ने पहिलो निर्णय गर्नुभएको छ । दोस्रो पटक निर्वाचित भएपछि आज गाउँपालिकामा पदभार ग्रहण गर्दै अध्यक्ष गुप्ताले म्याद सकिएका सम्पुर्ण विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनको निर्णय गर्नुभएको हो ।
निर्णय लगत्तै गाउँपालिका अन्र्तगत सञ्चालित सामुदायिक तथा धार्मिक विद्यालयहरुमा एक महिना भित्र नियमानुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिनुभयो ।
गाउँपालिका अन्र्तगतका अधिकांश विद्यालयहरुमा विद्यालय व्यवस्थापन समितिको म्याद सकिएको र कोभिड १९ को महामारीका कारण म्याद थपिएकोमा हाल कोभिडको प्रभाव न्यूनीकरण भएको र शैक्षिक सत्र पनि शुरु भएकोले विद्यालयहरुलाई निर्णय प्रक्रियामा सहज बनाउन उक्त निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष गुप्ताले आजै गाउँपालिकाद्धारा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो सम्पूर्ण ध्यान समृद्ध पाल्हीनन्दन र विकासशील पाल्हीनन्दन बनाउनमा केन्द्रीत हुने बताउनुभयो । उहाँले विगतमा सञ्चालन गरिएका अधुरा योजनाहरु पूरा गर्दै गाउँपालिकालाई समृद्ध बनाउने अभियानमा आफू सक्रिय हुने बताउँदै सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।
गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष सकिना फातिमा खातुनले सबै मिलेर गाउँपालिकाको विकासमा लाग्ने बताउनुभयो । आफू यो क्षेत्रमा नयाँ भएकोले सबैको सहयोग र सल्लाह अनुसार अघि बढ्ने उहाँले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

