नवलपरासी , १० जेठ
पश्चिम नवलपरासीमा १७ लाख ६३ हजार मुल्य बराबरको अबैध चिनी र ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दघाट नगरपालिका वडा नं. १३ धनेवा स्थित गोदाम अगाडी चिनी लोड गरिरहेको लु १ ख ९७६२ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा शंकास्पद लागेको हुदाँ उक्त सवारी साधन,चालक बिल बिजक नभएको १०९ क्विन्टल चिनी सुरक्षा वेश सेमरीका सशस्त्र प्रहरी निरिक्षक नरेश कुमार खडकाको नेतृत्व खटिएको टोली र नेपाल प्रहरी सहितको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको चिनी र ट्रक सहित आवश्यक कारवाही तथा थप अनुसंधानको लागी राजश्व एवं अनुसंधान कार्यालय बुटवल पठाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीको सुचना अधिकारी माधव रेग्मीले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

