Rashtriya Dainik

नगरबासीमा पाच हजार लिटर पानी निशुल्क रुपमा वितरण गर्ने नवनिर्वाचित नगर प्रमुख अर्यालको प्रतिबद्धता

उर्मिला यादव यात्री / नवलपरासी , जेठ ९

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बिमला अर्यालले सुनवल नगरपालिकामा स्वच्छ पिउने पानीको ब्यवस्थापन र नगरमा न्युनतम ५ हजार लिटर बराबरको पानी निशुल्क रुपमा नगरबासीमा वितरण गर्ने पहिलो निर्णय गर्नु भएको छ ।


पदभार समाल्दै नगर प्रमुख अर्यालले सुनवल नगरमा स्वच्छ खानेपानीको समस्या भएकोले सुनवल नगर क्षेत्रमा खानेपानी वितरणलाई प्रमुख रुपमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाले सुनवल नगर बिकासको लागि आफु संग एकदमै महत्वपूर्ण योजना भएकोले छिटोभन्दा छिटो पुरा गर्ने बचन दिनु भयो ।

यस्तैगरि अर्यालले बोल्दै प्रदेश र स्थानीय सरकारले गरेका अधुरा कामहरु समयमै पुरा गर्ने बताउनु भएको छ । उहाले सुनवल नगरपालिकामा रहेका सामुदायिक बिद्यालयमा सुबिधा सम्पन्न बालमैत्री
कक्षा संचालन गर्ने , बिद्यालयमा कार्यरत बालबालिका केन्द्रमा सहजकर्ता र बिद्यालयमा रहेका निजि कर्मचारीको पारिश्रमिक नेपाल सरकारले तोके बमोजिम पन्ध्र हजार पुर्याउने लगायत सामुदायिक बिद्यालयको भवन तथा अन्य पुर्वाधार आवश्यकता अनुसार निर्माण तथा मर्मत सम्भार गर्ने बताउनु भएको छ ।

यस्तै गरि नगरमा न्युन महसुलमा स्वच्छ पानीको वितरण गर्ने ,बिपन्न परिवारका लागि निशुल्क रूपमा धारा जडान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।


यस्तै गरि नगरप्रमुख अर्यालले सुनवल नगरको आवधिक बिकास योजना निर्माण गरि कार्यान्वयन गरि नगरमा आवश्यकता अनुसार नया कानुन निर्माण तथा बिधमान कानुनको परिमार्जन गरिने समेत बताउनु भयो ।

पदभार समाल्दै नगर उपप्रमुख सुर्य दुबेले जनताको चाहनाअनुसार काम गर्ने बताउनु भएको छ ।

सपथ ग्रहण कार्यक्रममा प्रदेश सभा सदस्य वैजनाथ चौधरीले सुशासनमा जोड दिदै नवनिर्वाचित सवै जनप्रतिनिधिहरुलाई आर्थिक ऐन बनाउनुपर्ने बताउनु भएको छ ।आर्थिक ऐन विना कुनै पनि कर उठाउन र खर्च गर्न नपाउने भन्दै ऐनलाई हुवहु पालना गर्नुपर्ने उहाँको भनाई छ ।

साधारण तर्फको खर्च कति छ र पुजीगत खर्च कति छ भन्ने कुरा र जनप्रतिनिधिहरु कति विकास प्रेमी छन भन्ने कुरा साधारण र पुजीगत खर्चको प्रतिशतले निर्धारण गर्ने प्रदेश सभासद चौधरीले बताउनुभयो ।

सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कोइरालाको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रदेश सभासद भगवती भण्डारी,प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, राष्ट्रिय प्रजातन्त्र पाटीको केन्द्रीय सदस्य देवि घिमिरे,जिल्ला सहकारी संघका अध्यक्ष विष्णु प्रसाद पौडेल लगायतले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सोहि अवसरमा स्थानिय तहको निर्वाचन २०७४ मा निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान पत्र सहित विदाई गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित