नवलपरासी ,जेठ ९
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १४ का नवनिर्वाचित वडाअध्यक्ष सन्त बहादुर गाहाले आज पदभार ग्रहण गर्नु भएको छ।१४ नम्बर वडा बासिको उल्लेख सहभागीतामा एक कार्यक्रमको आयोजना गरि गाहाले पदभार ग्रहण गर्नु भएको हो।कार्यक्रममा बोल्दै अध्यक्ष गाहाले बिगतका कुरा त्यागेर अबको बाटो समातेर अघि बढ्नु पर्ने बताउनु भयो।आफू अब साझा ब्यक्ती भएकाले समग्र वडाबासिको हितकालागी सबै दल र समुदाय सग मिलेर अघि बढ्ने उल्लेख गर्नु भयो।

पदभार गरेसगै वडा अध्यक्ष गाहाले ४ वटा प्रतिबद्धता घोषणा गर्नु भएको छ।वडा भित्रका सामुदायिक बिधालयमा उत्कृष्ट नतिजा ल्याउने शिक्षकहरुलाई प्रोत्साहन,दुई १२ कक्षामा शुल्क निशुल्कको प्रयास गरीने,फरक क्षमता भएका नागरिकलाई सिफारिस निशुल्क र जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर सेवा प्रदान गरिने लगायतका घोषणा गरिएको छ।बर्दघाट नगरपालिकामा निर्वाचित सबै जनप्रतिनिधिले आजबाट पदभार ग्रहण गरेका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

