दूषित खाद्यपदार्थ उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम)का एक व्यापारी थुनामा परेका छन्। पहेँलो सुकेको केराउ (मटर)लाई कृत्रिम रङमा भिजाएर हरियो बनाई बिक्री गरेको आरोपमा सदरमुकाम परासीस्थित ऋिद्धिसिद्धि मिष्ठान भण्डारका सञ्चालक विजयकुमार गुप्तालाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गत वर्षको भदौ ३१ गते बजार अनुगमनको क्रममा पहेँलो केराउलाई कृत्रिम रङमा भिजाएर हरियो बनाई बिक्री गरिरहेको अवस्थामा फेला पारेपछि सञ्चालक गुप्ताविरुद्ध जिल्ला अदालत नवलपरासीमा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण सम्बन्धी मुद्दा दायर गरेको थियो। जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले प्रतिवादी गुप्तालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको र कारागार चलानसमेत गरिएको नवलपरासी जिल्ला अदालतका शाखा अधिकृत तीर्थराज शर्माले जानकारी दिए। कार्यालयका खाद्य निरीक्षक श्रवण ढुङ्गानाको प्रतिवेदनका आधारमा यही भदौ १५ गते दायर गरिएको मुद्दामा खाद्य ऐन २०२३ को दफा ३ विपरीत गरेको देखिएको भन्दै सोही ऐनको दफा ५ ९१० बमोजिमको सजाय तथा दफा ४१ बमोजिमको क्षतिपूर्ति भराई पाउन माग गरिएको छ। उक्त कसुर प्रमाणित भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने अदालतले जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।