Rashtriya Dainik

धनगढीमाईका नवनिर्वाचित मेयर महतो निरन्तर घर दैलोमा

महेश सिंह सिरहा लहान ८ जेष्ठ – सिरहाको धनगढीमाई नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमालेका शिव शंकर महतोको मेयरमा निर्वाचित भएका छन भने काङ्ग्रेसका संगिता कुमारी चौधरीले उप-प्रमुखमा निर्वाचित भएकी छन्।
महतोको निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका जिल्ला सभापति राम चन्द्र यादव मेयरका उमेदवार बनेका थिए।
नवनिर्वाचित मेयर शिव शंकर महतो जनता संग भेट्घाटमा निरन्तर ब्यस्त देखिएका छन्।

मेयर महतोलाई जिते पश्चात् घरमा जनताले सम्मान गर्ने गरेको छ्।बिजय रयालीमा पार्टीका केन्द्रिय सदस्य राम पृत राम,उपमेरका प्रत्यासी शोभा ब्राल,लगायतका हजारौं नेता कार्यकर्ताहरुले बिजय जुलुसमा सहभागी रहने गरेका छन्।

लामो समय देखि राजनीतिमा सकृय रहेका महतो २०७४ सालको निर्वाचनमा उनी प्राजित भएका थिए। नेता महतो नेकपा एमालेका बौद्धिक तथा प्रभाव शालीन नेता हुन्।उनी राजनीतिमा निरन्तर लागेका हुन्।

नेता महतो कम्युनिस्ट आन्दोलनमा सकृय भुमिका निर्वाह गर्दै समाज संग जोडिएका थिए। नेता महतो कुशल शिक्षा विद्ध समेत रहेका उनी २०७९ को निर्वाचनमा एमालेका शिव शंकर महतो मेयर र काङ्ग्रेसका संगिता कुमारी चौधरीले उप-मेयरमा निर्वाचित भएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित