नवलपरासी – पेट्रोलियम पदार्थ तथा खाद्य बस्तुमा गरिएको मूल्यवृद्धिका विरुद्ध नेकपा(क्रान्तिकारी माओवादी)को देशैभर संर्घषमा उत्रिएको छ ।
सो क्रममा शनिवार सुस्ता–१ बरुवा हाटबजारमा कोणसभा आयोजना गरेर क्रान्तिकारी माओवादीले महंगीको बिरोध गरेको हो ।
चुनाव लगतै खाद्य बस्तु तथा यातायातमा समेत महंगी बढेको भन्दै क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताले बजारमा जुलुस समेत निकालेका थिए ।
‘तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, काला बजारियाहरुलाई कारबाही गर, बढ्दो महंगी नियन्त्रण गर,जनघाती, राष्ट्रघाती सरकार मूर्दावाद, नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद’ लगायतका नाराहरुसहित जुलुस बरुवाचोकमा कोणसभामा परिणता भएको थियो ।
बिरोधका कार्यक्रममा नेकपा( क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्री र देशभक्त जनणतान्त्रिक मोर्चाका जिल्ला संयोजक चुडामणी भण्डारीले बोल्दै चुनाव खर्च उठाउन संसदवादीहरुले मुल्य बृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाउनुभयो ।
स्थानीय निर्वाचन बहिष्कार गरेको बैद्य माओवादीले जिल्लामा महंगी तथा भष्ट्रचारीका बिरुद्ध कडा संर्घष उठान गर्ने बताउदै आएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

