Rashtriya Dainik

प्रतापपुर गाउँपालिकाकाे नव निर्वाचित अध्यक्ष यादवले गरे पद भार ग्रहण

उमेश बि.क / नवलपरासी , ६ जेठ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले शुक्रबार पद भार ग्रहण गर्नुभएको छ ।

शुक्रबार सपथ ग्रहण गरेसँगै गाउँपालिका अध्यक्ष यादवले पालिका कार्यालय पुगेर गाउँपालिकाको कार्यभार सम्हालेका छन्।

२०७९ मा निर्वाचित हुने सबै जनप्रतिनिधिहरुको कार्यकाल आजदेखि सुरु भएकोले कार्यकाल सुरु हुने दिन मै गाउँपालिका अध्यक्ष यादवले प्रतापपुर गाउँपालिकाको कार्यभार सम्हालेका छन्।

प्रतापपुर गाउँपालिकाको कुर्सीमा बस्दै यादवले प्रतापपुरकाे गौरव बढाउने र नागरिकको सम्मानमा वृद्धि गर्ने काम आफूले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतापपुर गाउँपालिकामा आजदेखि नयाँ दिनको सुरुआत भएको अध्यक्ष यादवले बताएका छन्।

गाउँपालिका अध्यक्ष यादवले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्। गाउँपालिका अध्यक्ष यादवलाई कार्यालयमा पालिकाका कर्मचारीहरुले स्वागत गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित