अजय मिश्र, कृष्णनगर, जेष्ठ ६
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका दोस्रो पटक नगर प्रमुखमा रजत प्रताप शाह विजयी भएका छन् l
पहिलो स्थानीय चुनावमा स्वतंत्र उमेदवार भै विजयी भएका रजत प्रताप शाह अहिलेको स्थानीय चुनावमा राप्रपाका उमेदवार दिपक रजौरीया लाई १४९६ मतान्तरले पछि पार्दै
नगर प्रमुखमा पुन विजयी भएका छन् l
अहिलेको स्थानीय चुनावमा हजार भन्दा बढी मतले विजयी भएका शाह जनता माझ लोकप्रिय नेता का रूपमा परिचित छन् l उनी सरल स्वभाव तथा सबैको सुख दुःख मा सहभागी हुदै नगर लाई विकासको बाटोमा अग्रसर गराउदै आएका छन् l
त्यस्तै नगर उप प्रमुखमा नेपाली कांग्रेस की उप प्रमुख उमेदवार आरती चौधरी समेत विजयी भएकी छन् l नगर प्रमुख तथा उप प्रमुख पदमा विजयी भएका लाई सुभ चिंतक हरूले बधाई दिनेको ओइरो लागेको साथै विजय जुलुस सहित नगर परिक्रमा गरेका छन् l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

