राजविराज : शपथ ग्रहण गर्न नपाउँदै सप्तरीमा नवनिर्वाचित राजगढ गाउँपालिकाका वडा सदस्यको शुक्रबार मृत्यु भएको छ । राजगढ गाउँपालिका -५ धौनकी टोलका ६९ वर्षीय राजेन्द्र सुतिहारको अचानक मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।
विजय पश्चात खुशी देखिएका सुतिहार गाउँको विकासका लागि अत्यन्त उत्साहित थिएँ । ‘उनको अधुरो सपना बाँकी जनप्रतिनिधीले पुरा गर्नुपर्छ’ राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले भने–‘विजयपछि उनले बुनेका सपनाहरू सुनाएका थिए र मिलेर गाउँको विकास गर्नुपर्छ भनेर योजनाहरू सुनाएका थिए ।’
बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका वडा नम्बर ५ को वडा सदस्यमा जसपाको तर्फबाट उम्मेदवार रही विजयी भएका हुन् । निर्वाचित हुने दुई वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएर सुतिहार निर्वाचित भएका हुन् । एमालेका उम्मेदवारलाई पराजित गर्दै वडा नम्बर ५ मा प्यानलसहित जसपाको जितमा उनी र हरी मण्डल निर्वाचित भए ।
मतपरिणाम सार्वजनिक भएपछि बिहीबार सँगै खुसीयालीसाथ विजय जुलुस मनाएर घर फर्किएका उनी खाना खाएर सुतेको तर बिहान घरमै मृत्यु भएको अवस्थामा फेला परेको स्थानीय किसुन साह बताउँछन् । मृतकका श्रीमती, २ छोरा र १ छोरी छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

