Rashtriya Dainik

पाल्हिनन्दन गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गुप्ता दोस्रो पटक निर्वाचित,उपाध्यक्षमा नेपाल कांग्रेसकी अन्सारी

बिनोद निगम / नवलपरासी ,६ जेठ

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्षमा नेकपा माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता ( दीपक) दोस्रो पटक निर्वाचित हुनुभएको छ ।

नेपाली काङ्ग्रेसका उम्मेदवार राजेन्द्र साहनीलाई हराउँदै गुप्ता गाउँपालिका अध्यक्ष पदमा विजयी हुनुभएको हो ।
आज विहानपख ३ बजे तिर सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार ८६ मतको अन्तरले नेपाली कांग्रेसका साहनीलाई पछि पार्दै गुप्ता अध्यक्षमा निर्वाचित हुन सफल हुनुभएको हो ।

विजयी गुप्ताले चार हजार ३८१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटम प्रतिद्धन्द्धी साहनीले चार हजार २९५ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा भने काङ्ग्रेसका उम्मेदवार फातुमा खातुन अन्सारी विजयी हुनुभएको छ । माओवदी केन्द्रकी उम्मेदवार एवं निवर्तमान उपाध्यक्ष पावित्री कोंहार लाई ५१३ मतान्तरले पछि पार्दै अन्सारी निर्वाचित हुनुभएको हो । अन्सारीले तीन हजार ६९८ मत ल्याउँदा निकटम प्रतिद्धन्द्धी कोंहारले तीन हजार १८५ मत प्राप्त गर्नुभएको छ ।

छ वटा वडा रहेको यस गाउँपालिकामा तीन वटा वडा नेकपा माओवादी केन्द्र, दुई वटा नेपाली काङ्ग्रेस र एउटा वडा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले जितेको छ ।

वार्ड नं १ बाट नेपाली कांग्रेस का चुल्हाई प्रसाद यादव ४२० मतको मतान्तरले प्यानल सहित विजयी।

वार्ड नं २ बाट लोकतान्त्रिक समाजवादी पार्टी का जगदिश प्रसाद गुप्ता १६६ मतको मतान्तर ले प्यानल सहित विजयी।

वार्ड नं ३ बाट नेकपा माओवादी केन्द्रका गोधन प्रसाद हरिजन ५६ मतको मतान्तरले ३ वार्ड सदस्य सहित एक जसपा-का सदस्य विजयी।

वार्ड नं ४ बाट नेपाली कांग्रेस का रवीन्द्र सहानी ५८९ मतको मतान्तरले प्यानल सहित विजयी।

वार्ड नं ५ बाट नेकपा माओवादी केन्द्रका दया शंकर त्रिपाठी १३३ मतको मतान्तरले ३ वार्ड सदस्य सहित एक नेपाली कांग्रेस का सदस्य विजयी।

वार्ड नं ६ बाट नेकपा माओवादी केन्द्रका कृष्णचन्द्र यादव (किसान यादव) ११२ मतको मतान्तरले प्यानल सहित विजयी।

चौविस हजार १४८ मतदाता रहेको यस गाउँपालिकामा वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा १९ हजार ४४१ मत खसेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित