Rashtriya Dainik

सरावल गाउँपालिकाका जनप्रतिनिधिले लिए सपथ

उमेश बि.क / नवलपरासी , ६ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

सरावल गाउँपालिकाकाे सभाहलमा नवनिर्वाचित पालिका अध्यक्ष सुखाडी प्रासाद चाैधरीले पालिका उपाध्यक्ष बासमती हरिजन सहित वडा अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।

सपथ ग्रहण समारोहमा नवनिर्वाचित पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जनताको सुखदुखको साथी बन्दै जनभावना अनुसार काम गर्ने कुरामा जाेड दिइएका थिए । त्यस्तै विकास निर्माणका लागि पहिलो पूर्वाधार सडक भएकाले सडक सञ्जालको बिस्तार, दिगोपना र भरपर्दो बनाउने गरि काम गर्ने बताउदै पालिकाको चौतर्फि विकासका लागि आफु प्रतिबद्ध रहेको कुरामा जाेड दिनुभएको थियो ।

त्यस्तै नवनिर्वाचित उपाध्यक्ष बासमती हरिजनले शपथग्रहणपछि बोल्दै गाउँपालिकाको समग्र विकासमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरिन।

७ ओटा वडा रहेको उक्त गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुखाडी प्रसाद चौधरी र उपाध्यक्षमा एमालेकै बासमति हरिजन विजयी भएकी थिइन ।

सरावल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ३७ जना जनप्रतिनिधि चयन भएका छन् ।

शपथ ग्रहण कार्यक्रम सरावल गाउँपालिका निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजाली तथा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले सहजिकरण गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित