राष्ट्रिय दैनिक /६ जेठ
नेपालकी चर्चित अभिनेत्री निरुता सिंहको पछिल्लो अभिव्यक्तिले यतिबेला नेपालमा नयाँ बहस खडा गरिदिएको छ।उनले अझै पनि नेपालमा जातिय विभेद अन्त्य नभएको बताएकी हुन्।
उनले नेपालका शहरी क्षेत्रमा केही हदसम्म जातीय विभेद अन्त्य भएता पनि साना गाउँघरमा र ठूला शहरमै पनि विभेदको अन्त्य हुन नसकेको बताएकी छिन्। उनले आफ्नो जातिप्रति गर्व गर्नुपर्ने पनि बताउँछिन्। उनले आफू विश्वकर्मा भएको र आफू कामी जातमै खुशी भएको उल्लेख गरिन्।

आफ्नो अनुभव सुनाउँदै निरुता भन्छिन्,‘हामी शहरमा बस्छौँ, ठूलठूला कुरा गर्छौँ तर आज पनि गाउँघरमा र शहरमा पनि जातिय विभेद छ। अब निरुता, सिंह भनेको के हो? तपाई ठकुरी हो? भनेर सोध्छन् मलाई। हैन विश्वकर्मा हो भन्छु म। म गर्वसँग भन्छु म विश्वकर्मा हो, म कामी हो।’
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

