Rashtriya Dainik

श्रीमानको सम्झनामा वृद्ध वृद्धालाई नगद र खाधन्न सहयोग

पुरन अधिकारी ,पश्चिम नवलपरासी

सुनवल १ निवासी घैमा गुरुङले अाफ्ना श्रीमान स्वर्गीय पूर्ण बहादुर गुरुङको १३ अौ वर्षको पुन्यतिथिमा असाहाय वृद्ध वृद्धा लाई जिविकोपार्जनलाई सहयोग होस् भन्ने उद्देश्यले सुनवल १३ बडेरामा अवस्थित पवित्र वृद्धाश्रममा नगद ,खाधन्न र फलफूल सहयोग गरेकी छन्।

छोरा चित्र गुरुङका नुसार बुवा को पुन्यतिथिमा उहाँको स्मृतिमा वृद्धाश्रम मा बसोबास गरिरहनुभएका असहाय वृद्ध अामा बुवाहरुको संरक्षणको दायित्व संस्था र सरकारको मात्र नरहेर अाम नागरिकको समेत हो भन्ने अात्मबोध गर्दै केही नगद सहित त्यस आश्रममा बस्ने वृद्ध वृद्धालाई दुई महिना सम्म पुग्ने खाधन्न सहयोग गरेको बताए ।बुवा स्व.पूर्ण बहादुर गुरुङ अाफ्नो जिवनमा समेत सहयोगी भावना रहेको र असहायको सहयोगमा सदैव तत्पर रहने हुदा असहाय वृद्ध वृद्धालाई सहयोग गरे बुवा प्रति सच्चा सम्मान र अादर हुने र बुवाको अात्मालाई समेत शान्ति मिल्ने उद्देश्यले यो कार्य गरेको गुरुङले बताए ।

हिजो अाज जन्मोत्सवमा हुने खर्च सामाजिक कार्य र असहायलाई सहयोग गर्नमा खर्च गर्ने गरेका समाचारहरु पढ्न र सुन्न पाइन्थ्यो भने पृतिशोकमा समेत समाजप्रती जागरुक हुँदै सहयोगी भावना राख्ने यो एक सुखद समाचार समेत हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित