Rashtriya Dainik

नवलपरासीको रामग्राम मेयरका एमालेका यादव र उपमेयरमा राप्रपाकी चौधरी विजयी

नवलपरासी , ५ जेठ

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा राप्रपाले विजय हासिल गरेको छ।

यसअघि कांग्रेसले मेयर र उपमेयर जितेको यो नगरमा प्रमुखमा पुन नरेन्द्रकुमार गुप्ताले उम्मेद्धारी दिएका थिए । उपमेयरमा भने कांग्रेसले नयाँ अनुहारलाई पालो दिएको थीयो । निवर्तमान मेयर गुप्ता नेकपा एमालेका धनपद यादवसँग १५ सय ५७ मत अन्तरले पराजित भएका हुन् । गुप्ताले ६२ सय ६७ मत ल्याउँदा निर्वाचित मेयर पदका उमेदवार यादवले ७८ सय २४ मत ल्याएर विजयी भएका हुन् ।

यस्तै मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टिका उम्मेद्धार रामभवन यादवले ५ हजार ९३ मत पाए भने जनता समाजवादी पार्टिका उम्मेद्धार गोविन्द चौधरीले ३९ सय ८९ मत मात्र प्राप्त गरेका छन् ।

उपमेयरमा भने राप्रपाकी सम्झना चौधरी विजयी हासिल गरिन । चौधरीले एमालेकी लक्ष्मी क्षेत्रीलाई १ सय १९ मत अत्तरले पराजित गर्दै विजयी भएकि हुन । निर्वाचित चौधरीको ६५८२ र क्षेत्रीको ६४६३ मत प्राप्त गरिकी छन् । कांग्रेसकी उपमेयरकी उमेदवार आराधना भट्टले ५३९३ मत प्राप्त गरेकी छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित