Rashtriya Dainik

सममजबादिकाे बिजयी जुलुसमा एमालेका कार्यकर्ताद्वारा ढुङ्गामुडा

दोरेन्द्र खड्का बझाङ
बझाङको थलारा गाउँपालिका वडा नम्बर ९ मा विजय जुलुस मनाउने क्रममा ढुङ्गामुढा प्रहार हुँदा आठ जना घाइते भएका छन् ।
थलारा गाउँपालिकाको वडा नम्बर ९ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादी का नेता लोकेन्द्र बिष्ट बिजयी भएपछि विजयी जुलुस मनाउने क्रममा एमालेका कार्यकर्ताले ढुङ्गामुढा गरेका हुन ।
ढुङ्गामुढा गर्ने मा पुर्णचन्द्रोदय माध्यमिक बिद्यालय का शिक्षक जय ब सिह र नवीन खड्का काे टिम रहेकाे छ।
ढुङ्गामुढा गर्दा एकीकृत समाजवादीका आठ जना घाइते भएका छन ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
र घाईते हरू लाई थप उपचार का लागि धनगढी रिफर गरिएकाे वडा अध्यक्ष लोकेन्द्र बिष्ट ले बताउनु भएकाे छ।
अहिले घटनास्थल वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
थलाराको वडा नम्बर ९ मा एकीकृत समाजवादीका लोकेन्द्रबहादुर विष्ट ले ४ सय ८७ मत ल्याएर विजयी थएका थिए। भने उहाँका प्रतिद्वन्दी एमालेका हिराप्रकाश भण्डारीले चार सय ३८ मत ले प्रजय भएका थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित