नवलपरासी / ५ जेठ
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार बिजयी भएका छन ।
पालिका अध्यक्ष पदमा बिजयी हुनेमा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार टेक नारायण उपाध्याय र उपाध्यक्षमा गिता चौधरी बिजयी भएका हुन् ।
उपाध्यायले ६ हजार ६ सय ५ मत प्राप्त गरि बिजयी भएका छन भने उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार राम प्रसाद पाण्डेयले ५ हजार ९ सय ८४ मत प्राप्त गरि पराजित भएका छन् ।
कुल २ सय ७२ को मतान्तर को मतले नेपाली काङ्ग्रेसबाट पालिका अध्यक्षका उम्मेदवार उपाध्यायले पुर्व पालिका अध्यक्ष एवं नेकपा एमालेका उम्मेदवार पाण्डेयलाई पछाडि पारी बिजयी हासिल गरेको हो ।
त्यस्तै नेपाली काङ्ग्रेस पार्टीबाट उपाध्यक्ष पदमा उम्मेदवार रहेका गिता चौधरीले ६ हजार ६ सय ५ मत प्राप्त गरि बिजयी भएकी छन् भने उनका प्रतिद्वन्दी पुर्व पालिका उपाध्यक्ष एवं नेकपा एमालेका उम्मेदवार ईन्द्र कुमारी थरुनीले ५ हजार ९ सय ८४ मत प्राप्त गरि बिजयी भएकी चौधरीले ६ सय २१ को फराकिलो मतले पुर्व उपाध्यक्ष थरुनीलाई पराजित गराएकी हुन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

