नवलपरासी /
प्रतिबन्धित लागु ओैषधिका साथ एक नेपाली सहित २ जना भारतमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा न. ९ बस्ने २६ वर्षे अमूल थापा मगर र भारतको महराजगञ्ज जिल्ला बेलवा थाना ठुठीबारीका ४८ वर्षे मैनुद्दिन रहेका छन् ।
उनिहरूकाे साथबाट बुप्रेनाफ़ीरन इनजेक्शन १८ एम्पुल, डाईजापाम इनजेक्शन २० एम्पुल, प्रोमेझामीज हाइड्रोलोरीज इनजेक्शन १० एम्पुल, ४ स्पमोनेक्स्ट १४५ टेबलेट, ओनारेक्स सिरफ १० शीशी र नेपाली स्कूटी न. लु ८१ प ५७३ बरामद गरिएकाे भारतीय प्रहरीले जनाएकाे छ ।
बाइकमा राखेर वर्दघाट लैजाने गरेकाे अवस्थामा जेठ १ गते अपरान्ह ५ः३५ बजे इटहिया मन्दिर नजिकैबाट प्रहरीले पक्राउ गरेकाे हाे । प्रहरीका अनुसार विशेष सुत्रले दिएकाे जानकारीकाे अधारमा प्रहरी गस्तीमा बसेकाे अवस्थामा आएकाे माेटरसाइकल चालकले प्रहरीलाइ देख्ने बितिकै बाइक छाडेर भाग्ने प्रयास गरेकाे अवस्थाम प्रहरीले पक्राउ गर्न सफल भएकाे जनाएकाे छ । बाइककाे डिग्गीमा राखिएकाे अवस्थामा अवैध नशालु पदार्थ भेटिएकाे हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

