Rashtriya Dainik

चुनावको मौका छोपी काठ तस्करी बढ्यो

प्रिन्स मिश्रा कपिलवस्तु – कपिलवस्तु विजयनगर गाउँपालिका ७ लालपुरमा लुकाइ छिपाइ राखेको ९ वटा सघुनको गोलिया काठ विशेष सूचनाको आधारमा बन कार्यालय ठाकुरापुरले बगैचामा लुकाएर राखिएकाे अवस्थामा बरामद गरेकाे छ।
नेपाल-भारत सिमा-नाकामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु संचालनमा रहेकाले तस्करहरु भारतीय जंगलबाट टिक र सघुनकाे काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा ६,७ र कृष्णनगर नगरपालिकाकाे वडा १२ मा भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र रातीको समय काष्ठ उद्योगहरुमा पुराउने गर्छन ।
जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परसुरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित