४ जेष्ठ
जिराभवानी गाउँपालिका अध्यक्षमा विजयी भएका अनाेज चाैधरी र उपाध्यक्षमा विजयी भएका रेखा चाैधरी ।
जिराभवानी १ पर्साकाे जिराभवानी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका अनाेज चाैधरी र उपाध्यक्षमा कांग्रेस कै रेखा चाैधरी विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय जिराभवानीले जनाएकाे छ ।
निर्वतमान गाउँपालिका अध्यक्ष समेत रहेका नेकपा एमालेका रामपृत महताेलाई हराउँदै अनाेज र निर्वतमान उपाध्यक्ष समेत रहेकी एमालेकी उषा देवी थरुइनीलाई हराउँदै रेखा विजयी भएका हुन् ।
गाउँपालिका अध्यक्षमा अनाेज ४ हजार ५६० मत ल्याएर विजयी भएका छन् । उनकाे निकटतम् प्रतिद्वन्दी एमालेका रामपृत ३ हजार २९९ मत प्राप्त गरेका छन् । अनाेज १ हजार २६१ मतान्तरले विजयी भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका विकाउ प्रसाद भण्डारी थारु १ हजार ६५ मत र नेकपा माओवादी केन्द्रका जयनारायण प्रसाद चाैधरी १०६५ मत पाएका छन् ।
उपाध्यक्षमा कांग्रेसकी रेखाले ४ हजार ७१० मत ल्याएर विजयी भएका छन् । उनकाे निकतम् प्रतिद्वन्दी एमालेकी थरुनी २ हजार ९६५ मत, जसपाकी बिन्दु देवी थरुनी १ हजार ४२८ मत, माओवादी केन्द्रकी उम्मेदवार ८१४ मत र नेकपा (एकीकृत समाजवादी) की सबरुन नेसा १२७ मत पाएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

