Rashtriya Dainik

बझाङ जिल्लाको सबै भन्दा कान्छो वडा अध्यक्ष थापा बिजयी

दोरेन्द्र खड्का बझाङ
बझाङ जिल्ला मा २२ वर्षीय युवक वडाध्यक्ष पदमा विजयी भएका छन्। सर्जन थापा जयपृथिवी नगरपालिका–११ मा वडाध्यक्षमा विजयी भएका हुन्। नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका थापा कांग्रेसका रतन थापा लाई १५६मतले हराएका हुन्।वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा खसेको १४४८मतमध्ये उनले ७७७ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी थापाले ६२१मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जारी मतगणनाको सार्वजनिक मत परिणामअनुसार सर्जन थापा बझाङ जिल्ला को अहिलेसम्मकै कान्छो वडाध्यक्ष हुन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित