उमेश बि.क / नवलपरासी , ३ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा ३ वडामा काङ्ग्रेस ,१ वडामा एमाले र १ वडामा नेकपा माअाेवादी केन्द्र बिजयी भएका छन ।
सरावल गाउँपालिका वडा नम्बर १ मा नेकपा एकाले र वडा नम्बर २ , ५ र ६ मा नेपाली काङ्ग्रेस तथा वडा नम्बर ७ मा नेकपा माअाेवादी केन्द्र बिजयी भएका छन।
वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका बिष्णु प्रसाद भट्टराई ४१ मत अन्तरले विजयी भएका छन्। उक्त वडाको अन्य सदस्य पदमा पनि चारै जना नेकपा एमालेकै सदस्यहरु निर्वाचित हुनु भएको छ । भट्टराईले ११६१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका भेष नरायन चाैधरीले ११२० मत प्राप्त गरेका थिए।
त्यस्तै २ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका सम्भु प्रसाद चाैधरीले २११ मत अन्तरले विजयी भएका छन्। उक्त वडाको अन्य सदस्य पदमा पनि चारै जना नेपाली काङ्ग्रेसकै सदस्यहरु निर्वाचित हुनु भएको छ । चाैधरीले १०७० मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका भेष नरायन चाैधरीले ८५९ मत प्राप्त गरेका थिए।
त्यस्तै ५ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका लक्ष्मण प्रसाद चाैधरीले १५७ मत अन्तरले विजयी भएका छन्। उक्त वडाको अन्य सदस्य पदमा पनि चारै जना नेपाली काङ्ग्रेसकै सदस्यहरु निर्वाचित हुनु भएको छ । चाैधरीले ११८७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका दिनेस सहानीले १०३० मत प्राप्त गरेका थिए।
त्यस्तै ६ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका छाेटेलाल गुप्ताले २४८ मत अन्तरले विजयी भएका छन्। उक्त वडाको अन्य सदस्य पदमा पनि चारै जना नेपाली काङ्ग्रेसकै सदस्यहरु निर्वाचित हुनु भएको छ । गुप्ताले १०६८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कैलास यादवले ८२० मत प्राप्त गरेका थिए।
त्यस्तै ७ को वडाध्यक्षमा नेकपा माअाेवादी केन्द्रकाका हेयात खाँ धुनिया ६१ मत अन्तरले विजयी भएका छन्। धुनियाले ९२६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मनाेहर यादवले ८६५ मत प्राप्त गरेका थिए।
त्यस्तै सरावल वडा नम्बर ३ र ४ काे मतगणना चलिरहेको छ । वडा नम्बर ३ राप्रपाकाे अग्रता रहेको छ भने वडा नम्बर ४ मा नेकपा एमालेकाे अग्रता रहेको छ । साथै पालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेकाे अग्रता रहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

