Rashtriya Dainik

एमालेको गढ भत्काउँदै जसपाको एतिहासिक जित

वीरगञ्ज, ३ जेठ ।
कम्युनिष्टको किल्ला मानिने वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा जनता समाजवादी पार्टी (जसपा) को ऐतिहासिक जित भएको छ । झण्डै साढे ३ दशकदेखि कम्युनिष्टले एक छत्र राज गर्दै आएको वडामा जसपाले एमालेको किल्ला भत्काएको हो ।
वडा नम्बर ३० लालपर्साको अन्तिम मत परिणामअनुसार ६ सय ४१ मत ल्याएर जसपाका ३१ वर्षीय मनोज कुमार यादव वडाअध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार अली हुसेन देवानलाई ५५ मतले पराजित गर्दै यादव बिजयी भएका हुन् । देवानले ५ सय ८६ मत पाउँदा नेकपा एमालेका अमानत मियाँले ५ सय २४ मत ल्याएका छन् । अमानत मियाँ निवर्तमान वडाअध्यक्ष हुन् ।
वीरगञ्ज महानगरपालिकामा जसपाको यो तेस्रो जित हो । यसअघि वडा नम्बर १ मा मनोज राउत कुर्मी र वडा नम्बर ३२ मा रियाज अहमद मियाँ विजयी भइसकेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित