Rashtriya Dainik

सरावल -६ मा नेपाली काङ्ग्रेसकाे वडा अध्यक्ष गुप्ता सहित प्यानल विजयी

महेश यादव

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ काे वडा अध्यक्षमा नेपाली काङ्ग्रेस प्यानल सहित विजयी भएको छ । नेपाली काङ्ग्रेसबाट वडा अध्यक्ष पदका उमेदवार छाेटेलाल गुप्ता सहितकाे प्यानल विजयी भएको हाे । नेपाली काङ्ग्रेस बाट वडा अध्यक्षमा छाेटेलाल गुप्ताले २४८मतका अन्तरले विजयी भएका छन्। विजयी भएका नेपाली काङ्ग्रेसका वडा अध्यक्ष गुप्ताले १०६८ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी नेकपा एमालेका कैलाश यादवले ८२० मत प्राप्त गरेर पराजित भएका हुन। २०७४ को स्थानीय तह निर्वाचनमा गुप्ता केही मतले पराजित भएका थिए।

विजयी भएको नेपाली काङ्ग्रेसका वडा अध्यक्ष गुप्ताले भ्रष्टाचार र अनियमितता विरुद्ध सधै आवाज उठाउदै समाजलाई विकासको गतिमा लैजाने प्रायःसमा रहेकाे बताउदै कृषि ,शिक्षा ,राेजगार र सरावल -६ काे बाढि नियन्त्रण गर्ने र समुदायकाे विकासमा जनताको सल्लाह सुझावले विकास कार्य गर्ने बताए छन । साथै आफ्नो अमुल्य मतदान गरि जनताले आफुलाई विजयी गराएको भन्दै सरावल -६ का सम्पूर्ण आम जनसमुदायका आमा ,बुबा ,दाजुभाई दिदी बहिनीहरुमा शुभकामना ब्यक्त समेत गरेको थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित