महेश सिंह सिरहा लहान २ जेष्ठ – सिरहाको भगवानपुर गाउँपालिकामा नेकपा एमाले निकट उग्र नारायण यादव पालिका अध्यक्षमा बिजय भएका हुन्। विद्यार्थी राजनीतिबाट उकासिएका ऊनी निरन्तर राजनीतिमा स्कृय रहेका छन्।
२०५४ सालमा स्वतन्त्र उमेदवार भनेर नेकपा एमालेलाई सहयोग गरेका हुन्।
नेता यादव राजनीति पृष्ठभुमि बाट आएका हुन ऊनी २०५४ सालमा काङ्ग्रेस र एमालेको दोन्दमा टाउको फुटेर गाईते समेत भएका थिए। बुबा भोगी लाल यादव र आमा रामसती देवी यादवको कोखबाट २०२८ असार २० गते सिरहाको इनर्वा गाउँमा जन्मिएका हुन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनले ८४ मतले प्राजित भएका थिए। प्राजित भए पनि उनले निरन्तर समाजसेवा तथा राजनीतिमा होमिएका हुन्।हाल उनी नेकपा एमालेका सिरहा जिल्ला सचिब समेत रहनु भएको हो।
सामन्ती र सोसकलाई उन्मुलन गर्न आफू राजनीतिमा आएको उनले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

