उत्तमकुमार थापा बझाङ
खप्तड छान्ना गाउँपालीका वडा नम्बर ३ मेल्तडीमा महिला वडा अध्यक्ष बिजयी भएको छन ।
स्थानीय तहकाे निर्वाचनमा पहिलोपटक पहिलाे वडा अध्यक्ष बन्न सफल भएकि हुन । उनी नेपाली काङ्ग्रेस नेतृ भएता पनि बैशाख ३० गते साँझा गठवन्धनकाे उम्मेदवार हुन । खप्तड छान्ना वडा नम्बर ३ मा उनको प्यानल विजयी भएको हाे । जसरमा अध्यक्ष अधिकारीले ३७१ मत ल्याएर विजयी हुनुभएको छन भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण राेकायाले २९० मत प्राप्त गर्नु भयाे । उनी सँगै लडेका स्वतन्त्र उम्मेदवारले त्यति प्रभाव पार्न सकेनन ।
वडा अध्यक्षमा विजयी अधिकारीले हामी सँग कुरा गर्दै भन्नुभयो मलाई सहयाेग गर्ने सबै दाजुभाइ दिदीबहिनी आमाबुबा लाई हार्दिक धन्यवाद सहित मलाई टिकट दिने जिल्लाका नेतालाई पनि धन्यवाद म सेवक भएर काम गर्न छु । जनताको सेवामा सदैव लागिरहने पुर्ण अठाेट गर्दै अगाडि बढ्ने उहाँको भनाइ छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

