भैरहवा, १ जेठ । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । आइतबार साँझ सम्पन्न भएको वडा नम्बर २ को मतगणनामा नेपाली कांग्रेसको प्यानल विजयी भएको हो ।
गठबन्धनको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार सित्तल जिटीले ८६१ मत प्राप्त गरेका हुन् । त्यस्तै नेपाली कांग्रेसका महिला सदस्य ७८१ मत, महिला सदस्य ७७३ मत, खुल्ला सदस्य ७२१ मत र अल्पसंख्यक सदस्य ७४७ मत प्राप्त गरेका हुन् ।
यो भन्दा पहिला २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि ओमसतिया गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसले विजय प्राप्त गरेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

