Rashtriya Dainik

सरावलमा नेकपा एमाले खाेल्याे खाता : वडा नम्बर १ वडा अध्यक्ष सहित प्यानलै विजयी

उमेश बि.क / नवलपरासी , १ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा नेकपा एमालेले खाता खाेल्न सफल भएको छ।

सरावल गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका बिष्णु प्रसाद भट्टराई ४१ मत अन्तरले विजयी भएका छन्।

उक्त वडाको अन्य सदस्य पदमा पनि चारै जना नेकपा एमालेकै सदस्यहरु निर्वाचित हुनु भएको छ ।

भट्टराई ११६१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका भेष नरायन चाैधरीले ११२० मत प्राप्त गरेका थिए।

२०७४ को स्थानीय तह निर्वाचनमा भट्टराई झिनाे मतान्तरले पराजित भएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित