बिनोद निगम / नवलपरासी/ १ जेठ ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा चुल्लाइ प्रसाद यादव ४२० मत सहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादीका उम्मेदवार धनपाल चौधरीले ६५७ मत पाएका छन् । त्यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार गुड्डु पटेलले ४६७ मत, लोसपा उम्मेदवार लल्लन यादवले १७१ मत, नेकपा एमालेका उम्मेदवार मोबारखले ११२ मत र राप्रपाका उम्मेदवारले १९ मत पाएका छन् ।

चुल्लाई यादवकाे प्यानलमा महिला सदस्य १०५३ मत, दलित महिला सदस्य १०३२ मत, वडा सदस्य(१) १०४६ मत र वडा सदस्य(२) १००३ मतका साथ विजयी भएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

