नवलपरासी ,१५ मंसीर पश्चिम नवलपरासीको दुई स्थानीय तहमा अस्पताल भवनको शिलन्यास भएको छ। जिल्लाकाे प्रतापपुर गाउँपालिकामा निमार्ण गर्न लागिएको १५ शय्याको अस्पताल भवनको साेमबार शिलन्यास गरीएको हाे । जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्र ,प्रतापपुर–२ सेमरीमा निमार्ण गर्न लागिएको उक्त भवनको प्रतापपुर गाउपालिकाकी कार्यबहाक अध्यक्ष अन्जु कुमारी चौधरीले एक कार्यक्रमका विच शिलन्यास गर्नु भएको हाे। प्रतापपुर गाउपालिका वडा नम्वर २ का वडाध्यक्ष तथा जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद थारुको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष चौधरीले शिलन्यास गरीएको अस्पताललाई नवलपरासी क्षेत्रको नै नमुना अस्पतालका रुपमा स्थापित गर्न आफु लागि पर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । उहांले गांउपालिकाका कुनै पनि विकास निमार्णका कार्यहरु गर्दा सबैको सल्लाह र सहयोगमा गर्ने गरेको बताउदै आफुलाई सबैको सहयोग आवश्य रहेकोमा जोड दिनु भएको थियो । अध्यक्ष चौधरीले १५ शय्याको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी रहने र आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा प्रदान गर्ने समेत बताउनु भयो । त्यसैगरी सोही कार्यक्रमा बोल्दै प्रतापपुर गाउपालिका प्रमुख प्रशासकिय अधिकृत भेषराज खनालले सरकारले अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन अघि सारेको योजना अनुसार बनाउन थालीएको अस्पताल आगामी दुई वर्षभित्र निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको योजना रहेको बताउनु भएको थियो । जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सुमीत शर्माको स्वागत मन्तब्यवाट शुरुभएको अस्पताल भवन शिलन्यास कार्यक्रममा अनुग्रह यादव,नाथुराम क्षेत्री लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो भने कार्यक्रमको संचालन प्रतापपुर गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिदेव चौधरीले गर्नु भएको थियो । सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न सरकारले आधारभूत अस्पताल निर्माणगर्न लागे अनुसार लुम्बिनी प्रदेशमा मात्र ५७ वटा आधारभूत अस्पताल बनाउन लागिएको छ । सुस्ता गाउपालिकामा पनि १० शय्याको अस्पताल शिलान्यास । नवलपरासीको सुस्ता गाउपालिकाले आज कुडियामा १० शय्याको अस्पताल निमार्णका लागि भवन शिलान्यास गरेको छ । गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डेले भवनको शिलन्यास गर्नु भएको थियो । सुस्तावासीहरुका लागि गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने हेतुले निमार्ण गर्न लागिएको उक्त अस्पताल भवनको लागत १० करोड रहेको अध्यक्ष पाण्डेले बताउनु भएको छ । उहांले सरकारले लिएको लक्ष्यअनुसार समयमा नै गुणस्तरीय र प्रभावकारी रुपमा निमार्ण सम्पन्न् गरी संचालनमा ल्याउने बताउनु भयो । सुस्तामा रहेको कुडिया स्वास्थ्य चौकीलाई स्तर उन्नतीगरी १० शश्याको आधारभूत अस्पताल बनाउन लागिएकोअध्यक्ष पाण्डेले बताउनु भयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।