Rashtriya Dainik

बझाङमा ट्रक दुर्घटना ।।

दोरेन्द्र खड्का

बझाङमा ट्रक दुर्घटना भएकाे छ ।
धनगढीबाट बझाङ सदरमुकाम चैनपुर आईरहेकाे ट्रक बझाङ जिल्लाकाे केदारस्युँ काउँपालिका वडा न १ मा दुर्घटना भएकाे हाे ।

ट्रकमा चालक सहित ६ जना सवार रहेका थिए । चालक सहित सबै सवार गम्भीर घाईते भएका छन् ।दुर्घटना परेका तलकाेट गाउँपालिका वडा न १ का २४ बर्षिका रविन्द्र कुमार धामि ,उनकि श्रीमती २२ बर्षकि सुनिता कुमारि राेकाया धामि,चालक बुङ्गल नगरपालिका ७ का हर्क बाेहरा,सहायक ड्राइभर साेहि ठाउँका माेहन बाेहर,डाेटि जिल्ला जाेरायल गाउँपालिकाका ४९ बर्षका सुरत मल्ल र बैतडि जिल्लाकाे पाटन नगरपालिकाका ४२ बर्षका तेज बिष्टलाई धनगढी रिफर गरिएकाे छ ।

दुर्घटनाकाे कारण भने मदिरा सेवन गरेर ड्राइभिङ गरेकाेले गाडिलाई कन्टाेलमा लिन नसक्दा दुर्घटना भएकाे खुलेकाे छ । घाईते हरूकाे उद्वार भने रायल प्रहरी चेकपाेष्टले गरेकाे हाे । ट्रक सडक बाट करिब ५० मिटर तल खसेकाे जिल्ला प्रशासन कार्यालय बझाङले जनाएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित