Rashtriya Dainik

ओमसतिया-१ मा राप्रपाका बेल बहादुर बरालको प्यानल विजयी

भैरहवा, ३१ बैशाख । ओमसतिया गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पुनः विजयी भएका छन् । उनीसँगै वडा नम्बर १ मा सदस्यहरु सहित पुरै प्यानल भारी मतान्तरले विजयी भएको हो ।

वडा नम्बर १ मा खसेको कुल ३०६७ मत गणना गर्दा विजयी भएका बरालले वडाध्यक्ष पदमा १७३८ मत ल्याएका छन् । त्यस्तै राप्रपाबाट महिला सदस्यमा १५२२, दलित महिला सदस्यमा १५२१, खुल्ला सदस्यमा १४३७ र अल्पसंख्यक सदस्यमा १२५५ मत ल्याएका हुन् ।

राप्रपासँग प्रतिस्पर्धामा रहेको नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार रन बहादुर थापाले ६६६ मत ल्याई दोस्रो भएका छन् भने नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार ३३३ मत ल्याएर तेस्रो भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयमा ठुटिपिपलमा शनिबार राती १ बजेबाट मतगणना सुरु भएको थियो । वडा नम्बर १ को मतगणना शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको छ । ओमसतियाका निर्वाचन अधिकृत तारा कुमारी शर्माका अनुसार वडा नम्बर २ को मतगणना केही समयमा शुरु हुनेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित